-->
मानसिक सन्तुलन गुमाएका बाबुले गरे छोराको हत्या...


कञ्चनपुर, पुस २२ । कञ्चनपुरमा मानसिक
सन्तुलन गुमाएका बाबुले आफ्नै छोराको हत्या
गरेका छन् ।
भिमदत्त नगरपालिका–१५ का ४० वर्षिय
विष्णु भट्टले आफ्ना ७ वर्षिय छोरा हरिश
भट्टको हत्या गरेको जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी
अधिकारीले जानकारी दिए ।
भट्टले
छोराको घाँटीमा विजुलीको तारले बाँधेर
हत्या गरी घर नजिकैको बाँसको झाडीमा
फालेको अवस्थामा स्थानीयले देखेपछि
प्रहरीलाई खबर गरेका थिए । भट्ट फरार छन्
भने उनको खोजी भइरहेको जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.